काठमाडौं । लकडाउनमा पनि प्रभु बैंकले आज बुधबारदेखि सबै शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले मंगलबारसम्म सिमित शाखा मात्र खुल्ला गर्दै आएको थियो । तर, आजबाट सबै शाखा खुल्ला गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार आइतबारदेखि बिहीबारसम्म ११ बजेदेखि २ बजेसम्म शाखा खुल्ला हुनेछ । शुक्रबार भने ११ बजेदेखि १ बजेसम्म शाखा खुल्ने छन् ।
