शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बले अभिनित केशब भाबुकको "एक चिलिम" रिलिज "भिडियो सहित"

बले अभिनित केशब भाबुकको "एक चिलिम" रिलिज "भिडियो सहित"

नागरिक पाटी

२२, जेठ २०७७
  • 10.5K
    SHARES
  • बले अभिनित केशब भाबुकको "एक चिलिम" रिलिज "भिडियो सहित"

    कोरना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई संगीतको माध्यम बाट मनोरंजन दिन गायक केशब भाबुकले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘एक चिलिम ’ सार्वजनिक गरेका छन् । विगत २ महिना देखि पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु निराश , हताश भएको बेला गायक भाबुकले यस गीत मार्फत छोटो जिन्दगीमा चिन्ता , पिर नलिएर रमाइलो गरेर बिताउन सुझाब दिएका छन्।

    images
    images

    गीतमा स्वर, शब्द र संगीत स्वयम गायक भाबुकको रहेको छ। उनलाई स्वरमा साथ गायिका बेनुका राईले दिएकी छिन्। बिनय केटुले गीतको संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र सायसा फिचर्ड छन्। डान्सिङ बिटको भिडियोलाई सुमन तामाङले कोरियोग्राफी गरेका हुन्। राम कुमार केसीले भिडियो छायांकन गरेका हुन्। गोविन्द गुरुङ ‘ज्याक’को लगानीमा निर्माण भएको भिडियोलाई बिज्ञान राईको सम्पादन, निर्देशनमा तयार पारिएको हो।

    खोटाङमा जन्मेर राजधानी काठमान्डौमा संगीतमा संघर्ष गर्दै आफुलाई स्थापित गर्ने कोसिसमा रहेका गायक भाबुकका दुख्छ मुटु , छाडेपनि यो हावा बहन , कस्को भरमाु लगायतका दर्जन बढी म्युजिक भिडियो र सयौ गीतहरु सार्वजनिक भइसकेका छन।
    टिएलन मिडियाको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। छिट्टै ४र५ वटा गीतको भिडियो सार्वजनिक गर्ने तयारीमा रहेका गायक भाबुकले यस गीतलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २२, २०७७ बिहिवार - १६:३२:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology