आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कर बुझाउन बैंकर्स संघमा आबद्ध वाणिज्य बैंकहरु सहमत

कर बुझाउन बैंकर्स संघमा आबद्ध वाणिज्य बैंकहरु सहमत

नागरिक पाटी

४, आषाढ २०७७
  • 7.2K
    SHARES
  • कर बुझाउन बैंकर्स संघमा आबद्ध वाणिज्य बैंकहरु सहमत

    काठमाडौं । नेपाल बैंकर्स संघमा आबद्ध वाणिज्य बैंकहरु असार ७ भित्रै कर बुझाउन सहमत भएका छन् । आन्तरिक राजश्व विभागले सो अवधिभित्र कर बुझाउन निर्देशन दिएको थियो । अर्थ मन्त्रालयको आग्रहमा बैंकहरुले सरकारलाई तेस्रो त्रैमासको आयकरको किस्ता तिर्ने निर्णय गरेका हुन् । यद्यपि यो निर्णय बाध्यकारी छैन । संघले बैंकहरुलाई समयमै कर तिर्न आग्रह गरेको हो ।

    images

    आन्तरिक राजस्व विभागले सुरुमा असार २५ सम्ममा कर बुझाउन निर्देशन जारी गरेको थियो । तर, असार ३२ सम्म लकडाउन भएका कारण असहज अवस्थामा कर तिर्न नसकिने भन्दै व्यवसायीले विरोध जनाएपछि सरकारले म्याद थप गरेर कर तिर्ने म्याद असार ७ गतेसम्म पुर्याएको थियो ।
    सरकारको निर्देशनविरुद्ध परेको रिटमा आदेश दिँदै सर्वोच्च अदालतले लकडाउन खुलेको एक महिनाभित्र कर तिर्न पाउने आदेश दिएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०७७ बिहिवार - १७:५५:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology