धुनिबेशी । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित दिन प्रतिदिन बढेसंगै जोखिमलाई मध्यनजर गर्दै धादिङको धुनिबेशी नगरपालिका वडा नं ७ मा संचालित नक्षत्र बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गराएको छ । बिश्व महामारिको रूपमा फैलिदै गइरहेको नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को जोखिममा हरेक घर दैलोमा रकम संकलनको लागि पुग्नुपर्ने हुँदा जोखिममा परेको भन्दै प्रत्येकको रु १ लाख बराबरको कोबिड १९ बिमा धुनिबेशि नगरपालिकाको धार्केमा रहेको शिखर इन्स्योरेन्स कम्पनीमने शाखा कार्यालयबाट गरिएको अध्यक्ष रघुनाथ पाठकले जानकारी दिनु भयो ।
यसअघि कोरोना भाइरसको बढ्दो महामारीमा कर्मचारी र सञ्चालक समितिका सदस्यहरुको सुरक्षालाई मध्यनजर गर्दै धादिङको धुनिबेशि नगरपालिका वडा नं ६ मा रहेको श्री उदय कृषि बहुउद्देशीय सहकारी संस्थाको कर्मचारीको कोरोना बिमा गरेको थियो ।
कोरोना बीमा अन्तरगत बीमीतले बीमा गरेको १५ दिन पश्चात कोरोना संक्रमण पुष्टि भएमा बीमीतलाई तत्कालै भुक्तानी दिने गरी एक लाख रुपैया पाउने गरी बिमा गरिएको अध्यक्ष पाठकले जानकारी दिनु भयो ।
नेपालमा संचालित निर्जिवन बीमा कम्पनीहरुले लघु बीमा योजना अन्र्तगत पुल मार्फत ३ महिनादेखि ९९ वषर्सम्मका व्यक्तिले एक लाख र पचास हजार बराबरको व्यक्तिगत, पारिवारिक तथा सस्थागत कोरोना बीमा गर्दै आएका छन् ।