आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अजोड इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्दै

अजोड इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्दै

नागरिक पाटी

२५, आषाढ २०७७
  • 8.4K
    SHARES
  • अजोड इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्दै

    काठमाडौं । अजोड इन्स्योरेन्सको प्रारम्भिक शेयर निष्कासन आजदेखि खुल्ने भएको छ । नयाँ खुलेका निर्जीवन बीमा कम्पनीमध्ये पहिलो आईपीओको रुपमा अजोडले करिब ३० करोड रुपैयाँको आईपीओ बिहीबारदेखि जारी गर्न लागेको हो । बिहीबार बिहान १० बजेदेखि खुला हुने शेयर सोमबार साँझ ५ बजे बन्द हुनेछ । उक्त शेयरका लागि सीआश्वा सेवा भएका बैङ्क तथा सीडीएस एण्ड क्लियरिङ हाउसको मेरोशेयर लग इन गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

    images

    हाल १ अर्बको चुक्ता पुँजी रहेको कम्पनीले जारी पुँजीलाई चुक्ता पुँजीबराबर पुर्याउन उक्त साधारण शेयर निष्कासन गर्न लागेको हो । शेयर जारी भएपछि अजोडमा सर्वसाधारण शेयरधनीको शेयर हिस्सा ३० प्रतिशत रहनेछ ।

    ३० करोड रुपैयाँ बराबरका ३० लाख कित्ता शेयर जारी गरे पनि अजोडको उक्त शेयर सर्वसाधारणका लागि भने २७ लाख ३० हजार कित्ता मात्रै उपलब्ध गराइनेछ । बाँकी २ लाख ७० हजार कित्ता शेयर भने म्युचुअल फण्ड र कर्मचारीका लागि आरक्षित गरिएको छ । यो शेयर १० कित्ताका दरले २ लाख ७३ हजार जनाले प्राप्त गर्नेछन् ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २५, २०७७ बिहिवार - ०९:५१:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology