काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा २ अर्ब ९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ७.३ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा दुई अर्ब २५ करोड रुपैयाँ थियो।
कोभिड १९ ले कतिपय कर्जाहरु प्रभावित हुँदा वितरणयोग्य मुनाफा भने ८६ करोड ६४ लाख रुपैयाँमात्रै छ। शेयरधनीहरुले गत आर्थिक वर्षक नाफामध्ये ८६ करोड रुपैयाँमात्रै लाभांस पाउन सक्नेछन्। नाफामा गिरावट आए पनि खुद व्याज आम्दानी भने १९ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यस्तो आम्दानी ४ अर्ब ६६ करोड रुपैयाँ थियो।