शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विवादित काकरभिट्टा–इनरुवा रेलमार्गको ठेक्का रद्द

विवादित काकरभिट्टा–इनरुवा रेलमार्गको ठेक्का रद्द

नागरिक पाटी

२४, भाद्र २०७७
  • 9.6K
    SHARES
  • विवादित काकरभिट्टा–इनरुवा रेलमार्गको ठेक्का रद्द

    काठमाण्डौं । सरकारले विवादित काकरभिट्टा–इनरुवा रेलमार्गको ठेक्का प्रक्रिया नै रद्द गरेको छ । जग्गा मुआब्जाको टुंगो नै नलागी १०६ किलोमिटर रेलमार्गको ठेक्का प्रक्रिया मंगलबार सूचना जारी गर्दै रेल विभागले रद्द गरेका हो । रेल ठेक्काबारे लामो समयदेखि विवाद रहेकोमा निर्माणको बोलपत्र प्रक्रिया अन्तिम समयमा आएर रद्द भएको हो ।

    images
    images


    रेलमार्ग निर्माणको लागि सरकारले ठेक्कालाई ५४ टुक्रामा वर्गीकरण गरेर १८ ठेकेदारलाई भाग पु(याउने गरि प्रक्रिया अगाडि बढाएको आरोप लागेको थियो । ३३ अर्ब रुपैयाँभन्दा बढीको सो ठेक्कामा सरकारले बोलपत्र मूल्याङ्कन, संसद्का समितिसहित पछिल्लो समय अर्थ मन्त्रालयले मुआब्जा समाधान गरेर अगाडि बढ्न दिएको सुझाव र सावर्जजनिक खरिद नियमावलीविपरित हुने देखेसँगै सरकारपछि हटेको सरोकारवालाहरूको भनाइ छ ।

    रेलमार्गको जग्गा अधिग्रहणको कानुनी प्रक्रिया पूरा नगरी ठेक्का लगाएकोमा विरोध कायमै थियो । स्थानीयले रेलमार्ग निर्माण गर्दा चलनचल्तीको मूल्यमा मुआब्जा उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका थिए । रेलमार्ग निर्माणका लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रको करिब ७ सय विघा जग्गा अधिग्रहण गर्नु पर्नेछ । रेल विभागले रेल्वे ट्रयाक बेल्ट लिक बिछ्याउन भन्दै असारको दोस्रो सातामा ५४ वटा ठेक्का प्रक्रियाको लागि बोलपत्र माग गरेको थियो । कोरोबार दैनिकबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - ०९:०७:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology