आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सिद्धलेकको उपहार महिला कृषि सहकारी संस्थालाई बुलेरो गाडी सहयोग

सिद्धलेकको उपहार महिला कृषि सहकारी संस्थालाई बुलेरो गाडी सहयोग

नागरिक पाटी

७, आश्विन २०७७
  • 12.0K
    SHARES
  • सिद्धलेकको  उपहार महिला कृषि सहकारी संस्थालाई  बुलेरो गाडी सहयोग

    बुङचुङ, धादिङ । सिद्धलेक गाउँपालिका रहेको उपहार महिला कृषि सहकारी संस्था लिमिटेड सिद्धलेकलाई बुधबार बुलेरो गाडी हस्तान्तरण गरिएको छ । सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले उपहार कृषि सहकारी संस्था लिमिटेड सिद्धलेक, बुङचुङका अध्यक्ष सुनिता सिलवाललाई गाडीको चावी हस्तान्तरण गर्नु भएको हो । सहकारीलाई चावी हस्तान्तरण गर्न आयोजित कार्यक्रम महिला दिदीबहिनीहरु मात्रै संचालन गरेको सहकारीले आफ्ना उत्पादनलाई बजारसम्म लैजान सहजताको लागि गाडी सहयोग गरेकोमा धन्यवाद दिदै सबै शेयर सदस्यहरुको उत्पादित कृषि तथा पशुजन्य सामाग्री बिक्री गर्न सहयोग हुने व्यवस्थित गर्न सहकारीको व्यवस्थापन पक्षलाई सुझाव दिनु भएको थियो ।

    images

    gadi 1.jpg
    सिद्धलेकको ७ बटै वडा कार्यक्षेत्र रहेको सहकारीमा १ हजार ४ सय शेयर सदस्यहरुको उत्पादन गरेको कृषि तथा मासुजन्य बस्तुको बजारीकरण सहजताको लागि सिद्धलेक गाउँपालिका ,हेफर ईन्टरनेशलन नेपाल र प्रयास नेपाल धादिङको साझेदारीमा संचालित सिदलेक साना किसान सवलिकरण कार्यक्रमको तर्फबाट उपहार महिला कृषि सहकारीलाई गाडी उपलब्ध गराईएको हो । उपहार महिला सहकारीमा आबद्ध महिला दिदी बहिनी तथा पारिवारिक सदस्यहरुले उत्पादन गरेको तरकारी तथा बोका,खशी लगायत कृषि बस्तुको बजारीकरणमा सहजताको सामाग्री बोक्ने बुलेरो गाडी सहयोग गरिएको प्रयास नेपाल धादिङ कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।

    बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लगागि गरिएको लकडाउनमा धेरै कृषकहरुले ढुवानी साधनको अभावमा उत्पादित तरकारी खेत बारीमा नै कुहिएर फाल्नु पर्ने सवाल सहकारमिा आबद्ध शेयर सदस्यहरुले उठान गरेको र सिद्धलेक तरकारी तथा खशी बोका उत्पादनको हिसावले पकेट क्षेत्र रहेको कारण कृषि र किसानसँग सम्बन्धित बस्तुहरु ढुवानी गर्न सहजताको लागि गाडी सहयोग गरिएको प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेलले बताउनु भयो ।

    १२ बटा मुलसमूह र ४७ वटा उपहार समुहमा आबद्ध महिलाहरुद्धारा संचालित उपहार महिला कृषि सहकारीका शेयर सदस्यहरुले बिगत ३ बर्ष देखि सिद्धलेक गाउँपालिकाकोे ७ वटै वडामा घाँसखेती प्रर्बधन,बाख्राको खोर सुधार,नश्ल सुधार, बाह्य परजिवीहरुबाट जोगाउन नाम्ले जुकाको औषधी समयमा खुवाउने जस्ता क्रियाकलाप गर्दे व्यवसायिक बाख्रापालनको शुरुवात गरेका छन् ।

    अहिले सहकारीमा १ हजार ३ सय ४८ परिवार आबद्ध मध्ये १ हजार २ सय ९५ परिवारले गरी ६ हजार २ सय माउ बाख्रा पालेका छन् । अहिले दशै अवसरमा ५ हजार २ सय ७० वटा खशी बिक्री गर्ने लक्ष्य सहकारीले राखेको छ । जस मध्ये २ हजार ५ सय वटा प्रति किलो ५ सय ५० देखि ६ सय जीउँदो बिक्री हुने,१ ह्जार १ सय ८ वटा स्थानीय व्यापारी मार्फत खपत हुने र १ हजार ६ सय ६२ वटा सहकारीमा आबद्ध परिवारले आफैले दशैमा खाने तथ्याङ रहेको छ । जिउँदो खसी औषत ३० केजीको ३ हजार ६ सय ८ वटा खसीको को ५ सय ७५ का दरले ६ करोड २२ लाख ३८ हजार रुपैया घरमा खान छुट्याएको खसी १ हजार ६ सय ६२ बाहेकको बिक्री गर्दा कृषकहरुको हात पर्ने प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०७७ बुधवार - १८:३१:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology