आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धितोपत्रको दोस्रो बजार खुल्दै

धितोपत्रको दोस्रो बजार खुल्दै

नागरिक पाटी

११, कार्तिक २०७७
  • 8.0K
    SHARES
  • धितोपत्रको दोस्रो बजार खुल्दै

    काठमाडौं । बडादसैंको अवसरमा बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः नियमित खुल्ने भएको छ । धितोपत्रको दोस्रो बजार गत बिहीवारको कारोबार दिनसम्म संचालन भएको थियो । बडादसैंको अवसरमा गत शुक्रवारदेखि बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः संचालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले बताएको छ ।

    images

    बडादसैं अघि गत बिहीवारको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ६०६ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको थियो ।बिहीवारको कारोबार दिनमा १८७ ओटा कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता शेयर ३०हजार ३२८ पटकमा रू. १ अर्ब ९९करोड ४५ लाख ४३ हजार बराबरको शेयर खरीदविक्री भएको थियो ।

    पछिल्लो समय वाणिज्य बैंकहरुले लाभांश वितरण गर्ने प्रस्ताव गर्न लागेसँगै शेयर बजारको कारोबार बढ्दै गएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ११, २०७७ मंगलवार - १३:१०:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology