आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनको "भावातीत अनुभूति" लोकार्पित

नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनको "भावातीत अनुभूति" लोकार्पित

नागरिक पाटी

१६, कार्तिक २०७७
  • 12.8K
    SHARES
  • नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनको "भावातीत अनुभूति" लोकार्पित

    काठमाण्डौँ । कोजाग्रत पूर्णिमाको अवसरमा नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनले भावातीत अनुभूति नामक भजन सङ्ग्रहको लोकार्पण गरेको छ । विश्वव्यापी महामारी कोरोनाको प्रभावका कारण जुम प्रविधिका माध्यमबाट भर्च्युअल कार्यक्रम गरी कार्तिक १५ गते उक्त भजनसङ्ग्रहको लोकार्पण गरिएको हो । संस्थाका अध्यक्ष कल्पना सेवानी घिमिरेको अध्यक्षता र नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बासकोटाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा लोक सेवा आयोगका सचिव शङ्कर खरेलको उपस्थिति थियो ।

    images

    कार्यक्रममा एन. आइ. सी. एसिया बैँकका उपप्रमुख सुधीरनाथ पाण्डे, नेपाल महर्षि वैदिक फाउन्डेसनका चेतनामा आधारित शिक्षा कार्यक्रमका निर्देशक मीनराज अधिकारी, शान्ति महिला समूहका अध्यक्ष कृष्णा खरेल, साउन्डमिल स्टुडियोका सञ्चालक महेश्वरमान राजभण्डारी तथा गायिका बुनु श्रेष्ठ, वरिष्ठ सङ्गीतसंयोजक देवेन्द्र नेवा, वरिष्ठ ध्यान तथा सिद्धिशिक्षक गोपालकुमार मैनाली कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक भूमीश्वर पौडेललगायत नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनका पदाधिकारीहरू, ध्यान तथा सिद्धिशिक्षकहरू, ध्यानीहरू तथा भक्तिसङ्गीतका अनुरागीहरूको उपस्थितिमा भएको उक्त कार्यक्रमको सञ्चालन श्यामकृष्ण सुवेदीले गर्नुभएको थियो । संस्थाकी उपाध्यक्ष पप्पीदेवी रेग्मीको स्वागत मन्तव्यसँगै सुरु भएको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष तथा प्रमुख अतिथिले संयुक्त रूपमा भजनसङ्ग्रहको लोकार्पण गर्नुभएको थियो ।

     विशिष्ट अतिथि लोक सेवा आयोगका सचिव शङ्कर खरेलले भजन सङ्ग्रहका भजनहरूको श्रवणबाट भएको आनन्दानुभूतिका अधारमा भजनहरूमा साँच्चै भावातीत अनुभूति रहेको कुरा व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो भने प्रमुख अतिथि नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बासकोटाले महर्षि अभियानअन्तर्गत मातृशक्तिहरूको संस्थाद्वारा गरिएको कार्यको सराहना गर्दै संस्थाद्वारा यस्ता कार्यको निरन्तरता हुने कुराको अपेक्षा गर्नुभयो ।

    कार्यक्रमकी एवं संस्थाकी अध्यक्ष कल्पना सेवानी घिमिरेले संस्थाका उद्देश्यहरूका बारेमा स्पष्ट पार्दै आफ्नो बाह्र वर्षदेखिको सपना पूरा भएकोमा खुसी व्यक्त गरी सहयोग गर्नुहुने उपस्थित हुनुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा सङ्गीतकार तथा गीतकार सुधीर अधिकारी, गीतकार शिवराज लामिछाने, सङ्गीतकार तथा गायक रामकुमार रिमाल, वरिष्ठ सङ्गीतसंयोजक देवेन्द्र नेवा, साउन्डमिल स्टुडियोका सञ्चालक महेश्वरमान राजभण्डारी, चेतनामा आधारित शिक्षा कार्यक्रमका निर्देशक तथा गीतकार मीनराज अधिकारी र गीतकार कल्पना अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    लोकार्पित भजनसङ्ग्रहमा ११ वटा भजन रहेका छन्, जसमध्ये प्रख्यात वरिष्ठ गायक शिव परियारको स्वरमा सजिएको कल्पना सेवानी घिमिरेद्वारा रचित एवं रामकुमार रिमालद्वारा सङ्गीतबद्ध देशका प्रमुख शक्तिपीठहरूको दिग्दर्शन गरिएको ुजगतजननी अम्बे भवानीु भजन अत्यन्त प्रशंसित छ । यसका साथै भजनसङ्ग्रहमा सुधीर अधिकारी, करणराज कार्की र रामकुमार रिमालको सङ्गीतमा सजल न्यौपाने, मेचु धिमाल, लाबोनी चक्रवर्ती, करणराज कार्की, बुनु श्रेष्ठ, रामकुमार रिमाल, रीता के।सी। र श्रेया नेपालकासाथै बालगायिका अनुश्री अधिकारी, आरोहा पौडेल, स्वागता सुवेदी तथा अभिश्री अधिकारीका स्वरहरूले स्थान पाएका छन् । भजनसङ्ग्रहमा कल्पना सेवानी घिमिरेका साथै सुधीर अधिकारी, मीनराज अधिकारी, कल्पना अधिकारी, शिला पन्त र शिवराज लामिछानेका भावातीत अनुभूतिहरू शब्दका रूपमा समाविष्ट छन् । यस सङ्ग्रहमा सङ्गृहीत भजनहरूमध्ये देवेन्द्र नेवाले आठवटा भजनमा र बी।एन। निराकार, रिदम कँडेल र नारायण दङ्गालले एक एकवटा भजनमा सङ्गीतसंयोजन गर्नुभएको छ । साउन्डमिल स्टुडियोमा रेकर्ड गरिएका यस सङ्ग्रहका सबै भजनहरूमा महेश्वरमान राजभण्डारीले ध्वनिसम्मिश्रण गर्नुभएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - १३:०६:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology