आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

समाज विकासमा युवाको भुमिका

समाज विकासमा युवाको भुमिका

नागरिक पाटी

२२, कार्तिक २०७७
  • 58.4K
    SHARES
  • समाज विकासमा युवाको भुमिका

    निरज खड्का

    images

    विकास समाजमा हुने सकारात्मक परिवर्तन हो। बिकासले घर , परिवार , समाज र राष्ट्रका जनताका गाँस , बाँस , कपास , शिक्षा , स्वास्थ , रोजगार सङ्ग प्रत्यक्ष सरोकार राख्दछ्। बिकासले सामाजिक , आर्थिक , सास्कृतिक र राजनैतिक बिषयमा परिवर्तन ल्याउनुको साथै समाज बदल्छ, सेवा( सुबिधाको छिटो छरितो तरिकाले प्रत्यभुती गर्छ। गुणस्तरीय शिक्षा , स्वास्थ र रोजगारको अबसर प्रदान गर्छ। सभ्य समाज निर्माण गर्दै , बिज्ञान र प्रबिधिको युग सङ्ग प्रतिस्पर्धा गर्न सक्ने क्षमता निर्माण गर्छ । कामहरु छिटो , छरितो र भरपर्दो तरिकाले गर्छ । युवा शक्ति कुनै पनि समाजको सामाजिक , आर्थिक र राजनैतिक परिवर्तनका संवाहक हो। यो एउटा सक्रिय , उर्जावान , क्रान्ति र बिचारको समूह पनि हो। राजनैतिक परिवर्तनलाई संस्थागत गर्न र समाज निर्माणमा युवाको महत्त्वपूर्ण भुमिका रहन्छ।
    युवाहरु गतिशील हुन्छ्न। युवाले ुएकता नै बल होु( ुएक थुकी सुकि सयौ थुकी नदिु भन्ने कुराको संज्ञ गर्छ। युवाले समय परिस्थिति र चुनौतीसङ्ग जुध्न सक्ने सामर्थ्य राख्दछ । देश तथा बिदेशमा भएका क्रान्ति को अनुसरण गर्दै नयाँ नयाँ शैलीबाट आर्थिक बिकास र वृद्धि गर्न सहयोग पुर्‍याउछ। समयको माग अनुसार परिवर्तन भइ सामुहिक कृषि , प्रर्यटन ब्यबसायबाट बस्तुको उत्पादन र उपभोग गर्न सक्छ। बिकास र युबाहरु कसरी अन्तरसम्बन्धित हुन्छ्न भने दुबै गतिशीलता सङ्ग जोडिएको हुन्छ। युग सङ्गै बिकासका संरचनार मोडलहरु परिवर्तन हुँदै जान्छ। त्यसका लागि समाबेशी बिकास , भौगोलिकता , सार्बभौमसत्ता , राष्ट्रिय एकता महत्त्वपूर्ण भुमिका खेल्छ । प्राकृतिक स्रोत र साधनको संरक्षण गर्दै दिगो बिकासमा जोड दिन्छ। युबा बिकास , उधमशिलता र स्वस्रोजगारमा जोड दिदै युवा परिचालन , सहभागीता र नेतृत्व बिकासले समाज बिकासको अपेक्षित लक्ष्य हासिल गर्न सक्छ।
    जुन समाजमा युवा जाग्छ( बिकृती , बिसंगति , अन्याय , अत्याचार विरुद्ध आवाज बुलन्द पार्दै समाज बिकासमा अग्रसर हुन्छ्। युवाहरू काधमा काध मिलाएर , हातमाहात मिलाएर बिकास कार्यमा जुट्नु पर्छ। त्यहाँ आधुनिक खेतिप्रणाली तथा सामुहिक खेती प्राणाली , मस्यपालन, पशुपालन फस्टाउदै जान्छ। बाटोघाटो , बिजुलि बत्ती , खानेपानी जस्ता बिकासका पुर्वाधारहरुमा गुणस्तरीय सुधार आउनुका साथै मानिसको जीवनस्थतरमा सुधार आउछ । समाजको गरीबी , अभाव , अशान्ति , भोकमरी , अशिक्षा , रोगब्यादी को अन्त्य हुन सहयोग पुग्छ। संघियताले अवलम्बन गरेको अवधारणा अनुसार बिकास केन्द्रीकृत नभई विकेन्द्रीकरणको माध्यमबाट गाउँ गाउँ मा पुग्छ। स्थानिय तहमा रहेको ज्ञान् , सीप, कलाको संरक्षणमा टेवा पुग्छ्। जनसहभागिताले आत्माबिश्वास बलियो र बिकास मा दिगो पना देखा पर्छ।
    राजनैतिक नितान्त समाज सेवा हो तर हाम्रो देशमा विभिन्न स्वार्थ को लागि हेरिएको छ। तेस्रो ध्रुबका मानिस हामिमा धनी र गरिब बिचको खाडल झन फराकिलो बन्दै गएको छ। नेताहरु जनपक्षीय सुधारको कामहरु भन्दा माफिया , नाताबाद , कृपाबाद र पुजिबादको दलदलमा फसेको छ । ब्यक्तिगत स्वार्थ का लागि राम्रोलाइ भन्दा पाट्टीर आफ्नो लाई प्राथमिकता दिदै भ्रष्टाचारका काण्डहरु ढाकछोप गर्न आतुर छ्न । सुशासन , लोकतन्त्र र कानुनी राज्य को अपहेलना गर्दै – भ्रष्टाचार ठहरिएका , अनुशासन हिन , देशको सार्बभौमसत्ता माथी पटकपटक आक्रमण गर्ने बिदेशी दलालिहरुलाइ पुरस्कृत गर्दै छ। त्यसैले युवाहरु समाज बिकासका लागि राजनैतिक आबरण भन्दा बाहिर बसि – आफ्नो स्वार्थ भन्दा समाज बिकास महान हो भन्ने कुराको आत्मासाथ गर्नु हामि युवाको जिम्मेवार पनि हो। अब आ(आफ्नो स्थानीय तहसङ्ग सहयोग , सहकार्य र समन्वय गर्दै दिगो बिकासमा जोड दिई – बाटोघाटो , बिजुली बत्ती , शिक्षा , स्वास्थ्य , बनजङ्गल , सार्बजनिक स्थलको संरक्षण गर्दै गुणस्तरीय सुधार गर्न तर्फ अग्रसर हुनुपर्छ । समाजमा ब्याप्त कुसंस्कार , अशिक्षा , अन्धबिश्वास लाई सकारात्मक माध्यम बाट प्रोत्साहन गर्दै समतामूलक समाजमा जोड दिनुपर्छ।
    युवा वर्ग अब सामाजिक संजाल बिरोध अभियान्तका रुपमा होइन समाज बिकास अभियान्तको रुपमा चित्रण गर्न सक्नु पर्छ। युवाहरु अब माइतीघर मण्डला अगाडि होइन नेताको घरदैलो अगाडि घेर्न सक्नुपर्छ । पब्जी , फेसबुक , समाजिक संन्जालमा हराइरहेका युवाले आफ्नो गाउँ (आफ्नो ठाउँ र आफ्नो परिवेश चिन्ने कोसिस गर्नु पर्छ। समाजका बुद्धिजीवी , समाजसेवी , राजनितिज्ञहरु को सल्लाह , सहयोग र सुझावमा स्थानीय तहहरु सङ्ग समन्वयकारी र हस्ताक्षपकारी दुबै माध्यमबाट आफ्नो गाउँ आफै बनाउने अठोट गर्दै गाउमा भएका आफ्नो बाझो जग्गालाइ उब्जाउ भुमिमा बदल्न , मौलिक परम्पराको संरक्षक र संब्रधन गर्न, समाबेशी बिकासलाइ आत्मासाथ गर्न, समाजिक समानता कायम गर्न र समाजमा रहेको फ़ोहोर लाई बढार्दै सुन्दर शान्त गाउँ बिकास निर्माणमा युवाहरु अग्रसर हुनुपर्छ । कुनै पनि समस्य एक अर्कामा दोसारोपण गर्ने प्रवृत्तिलाई छोडेर समाधानका उपाय खोज्ने , सामुहिक भाबनाको बिकास गर्ने, आफुलाइ अनुकरणीय ब्याक्तित्व स्थापना गर्न लागि पर्नुपर्छ। स्वास्थ , शान्त र सुन्दर समाज ब्यबस्थापनका लागि समानतामा आधारित समाजबादको सिद्धान्त अबलम्बन गर्नुपर्छ। जब मात्र संघीयताले अनुमोदन गरेको – सुखी नेपाली – समृद्ध नेपाल साकार हुन्छ।

    निरज खड्का गल्छी ४, धादिङ सल्लाह सुझावको लागि [email protected]

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २२, २०७७ शनिवार - १६:३१:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology