आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

महिला लघुवित्तलाई ४ करोडको आईपीओ निष्कासनका लागि बोर्डको अनुमति

महिला लघुवित्तलाई ४ करोडको आईपीओ निष्कासनका लागि बोर्डको अनुमति

नागरिक पाटी

१४, माघ २०७७
  • 7.4K
    SHARES
  • महिला लघुवित्तलाई ४ करोडको आईपीओ निष्कासनका लागि बोर्डको अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले महिला लघुवित्त वित्तीय संस्थालाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने अनुमति दिएको छ । २०७७ माघ ८ गते बोर्डले कम्पनीलाई आईपीओ निष्कासन अनुमति प्रदान गरेको हो ।

    images

    बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा चार करोड रुपैयाँबराबरको ४० लाख कित्ता साधारण सेयर बिक्री गर्ने अनुमति दिएको हो । हाल ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ बिक्रीपछि चुक्ता पुँजी १० अर्ब पुग्नेछ ।

    आईपीओ बिक्रीपछि कम्पनीको संस्थापक र साधारण सेयर संरचना ६०/४० प्रतिशत हुनेछ । कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १४, २०७७ बुधवार - १७:२९:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology