आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा ७ लाख १६ हजार बढि आवेदन

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा ७ लाख १६ हजार बढि आवेदन

नागरिक पाटी

२५, माघ २०७७
  • 12.9K
    SHARES
  • ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा ७ लाख १६ हजार बढि आवेदन

    काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले जारी गरेको साधारण शेयरमा ७ लाख १६ हजार बढि आवेदन परेको छ । आइतबार ११ बजेसम्ममा ७ लाख १६ हजार ८६९ वटा आवेदन मार्फत १ करोड २९ लाख ३३ हजार ३४० कित्ताका लागि आवेदन परेको हो ।

    images

    कम्पनीले यहि माघ २३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर जारी गरेको थियो । यो सर्वसाधारणबाट माग भएको शेयरको तुलनामा ३।९८ गुणा धेरै हो ।
    हाइड्रोपावरले सर्वसाधारणबाट ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि आवेदन माग गरेको थियो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गरेकोमा १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका तथा ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

    कम्पनीको आईपीओमा माघ २७ गते मंगलबार कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

    images
    images
    images
    प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - १३:३२:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology