आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

महिला लघुवित्तको आइपीओ खुल्दै, सार्वजनिक विदाले असर नगर्ने

महिला लघुवित्तको आइपीओ खुल्दै, सार्वजनिक विदाले असर नगर्ने

नागरिक पाटी

२९, माघ २०७७
  • 8.5K
    SHARES
  • महिला लघुवित्तको आइपीओ खुल्दै, सार्वजनिक विदाले असर नगर्ने

    काठमाण्डौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गते शुक्रबार बाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । भोली सार्वजनिक विदा भए पनि मिति परिवर्तन नहुने बताइएको छ ।

    images

    सिडीएससीले अनलाइनबाट आवेदन दिन मिल्ने भएकोले सार्वजनिक विदा परे पनि आइपीओ निष्काशनमा असर नपर्ने जनाएको हो । निष्काशन गरिने कुल शेयर मध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।

    सो आईपीओमा छिटोमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ। यस ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

    images
    images
    images
    प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - १९:४६:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology