आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पुनर्बीमा कम्पनीले कोरोना बीमा दाबी भुक्तानीका लागि दियो एक अर्ब रुपियाँ

पुनर्बीमा कम्पनीले कोरोना बीमा दाबी भुक्तानीका लागि दियो एक अर्ब रुपियाँ

नागरिक पाटी

५, फाल्गुण २०७७
  • 6.3K
    SHARES
  • पुनर्बीमा कम्पनीले कोरोना बीमा दाबी भुक्तानीका लागि दियो एक अर्ब रुपियाँ

    काठमाण्डौँ । कोरोना बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपियाँ दिएको छ । यसअघि ३० करोड रुपियाँ दिइसकेको कम्पनीले ७० करोड रुपियाँ पनि दिएपछि आफ्नो भागको रकम पूरा गरेको हो ।

    images

    पुनर्बीमा कम्पनीले पुलमा एक अर्ब रुपियाँ दिने भनिएको थियो । कोरोना बीमाका लागि बनाइएको पुलमा पुनर्बीमा कम्पनीले आफ्नो भागको रकम दिएको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए ।

    पुलमा हाल्नुपर्ने रकम पनि हाल्ने तयारी थालेको बीमा समितिले पनि एक अर्ब रुपियाँ पुलमा हाल्न लागेको छ । कोरोना बीमा पोलिसी ल्याउँदा बीमा शुल्कबाट प्राप्त भएको रकमबाट पहिला दाबी भुक्तानी गर्ने भनिएको छ । समितिका अनुसार अहिलेसम्म बीमा शुल्कबाट करिब एक अर्ब रुपियाँ उठेको छ ।
    निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले आफ्नो महाविपत्ति कोषमा रहेको रकमबाट दाबी भुक्तानी गर्ने भनिएको य‚तो रकम पनि करिब एक अर्ब रुपियाँ हुने भनिएको छ ।

    एक अर्ब रुपियाँको दाबी भुक्तानीका लागि पुनर्बीमा कम्पनी र त्यसपछिको एक अर्ब रुपियाँको दाबी भुक्तानीका लागि बीमा समितिले रकम प्रदान गरेपछि त्योभन्दा माथिको दाबी भुक्तानी परेमा नेपाल सरकारले दायित्व बहन गर्ने बताइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - ०७:३८:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology