आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कुमारी ईक्विटी फण्डका इकाईहरु सर्वसाधारणका लागि बिक्री खुल्ला हुने

कुमारी ईक्विटी फण्डका इकाईहरु सर्वसाधारणका लागि बिक्री खुल्ला हुने

नागरिक पाटी

५, फाल्गुण २०७७
  • 6.2K
    SHARES
  • कुमारी ईक्विटी फण्डका इकाईहरु सर्वसाधारणका लागि बिक्री खुल्ला हुने

    काठमाण्डौँ । कुमारी बैंकले प्रर्वद्धन गरेको कुमारी ईक्विटी फण्डका इकाईहरु फागुन १४ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला हुने भएको छ । कुमारी क्यापिटलको व्यवस्थापनमा १० वर्षे बन्दमुखी योजनाको ८० करोड रुपैंया बराबरको ८ करोड ईकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख ईकाई कुमारी बैंकलाई सुरक्षित गरी बाँकी ईकाईहरु सर्वसाधारणमा निष्काशन हुन लागेको हो । प्रतिईकाई १० रुपैंयाको अंकित मूल्यमा सर्वसाधारणमा बिक्री गर्न लागिएको हो ।

    images

    राजधानीमा एक कार्यक्रमको आयोजना गरी कुमारी क्यापिटलले इकाईका लगानीकर्तालाई आकर्षक प्रतिफल बितरण गर्ने योजना अन्तरगत फण्ड सञ्चालन गर्न लागिएको जनाएको छ । १० वर्ष अवधिको फण्ड सुपरिवेक्षणका लागि ५ जनाको टीम तयार पारिएको क्यापिटलले जनाएको छ ।

    Outlook-nsccgt05.png

    ईकाई बिक्रीबाट संकलन हुने रकम दक्षतापुर्वक तोकिएका क्षेत्रहरुमा लगानी गर्दै उच्चतम प्रतिफलको आधार तयार पारिने क्यापिटलले जनाएको छ । यस क्रममा सम्भावित जोखिमको उच्च मुल्याङ्कन गर्दै लगानीकर्ताको प्रतिफल क्षमतालाई बढाउँदै लैजाने बताइएको छ ।

    पहिलो वर्ष १० रुपैंयाको दरमा सुरु हुने एसेट भ्यालु अन्तिम वर्षमा २२ रुपैंया ४९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ भने लाभांश र पूँजीवृद्धि समेत गरी औषत प्रतिफल २२ प्रतिशत कायम हुने अनुमान गरिएको छ ।

    फागुन १४ गतेदेखि निष्काशन हुने ईकाईमा लगानी गर्नका लागि मेरो शेयर अनलाइन सफ्टवेयरका साथै आस्वा सदस्य बैंक वित्तीय संस्थाबाट आइपिओ जसरी नै ईकाईमा आवेदन गर्न सकिन्छ । कम्तीमा १०० ईकाईदेखि अधिकतममा निष्काशन भएको सबै इकाईका लागि आवेदन दिन सकिनेछ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - १९:००:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology