आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोरिया रोजगारी तत्काल सुरु नहुने

कोरिया रोजगारी तत्काल सुरु नहुने

नागरिक पाटी

५, चैत्र २०७७
  • 11.1K
    SHARES
  • कोरिया रोजगारी तत्काल सुरु नहुने

    काठमाडौं । भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ । कोरोना महामारी सुरु भएलगत्तै नेपाल र पछिल्लोपटक कोरियन सरकारका कारण बन्द कोरिया रोजगारी सुचारु गर्न आवाज उठ्दै आए पनि अझै प्रक्रिया मिलाउन बाँकी रहेकाले तत्काल सुरु नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।

    images

    श्रममन्त्री गौरीशंकर चौधरीले कोरिया सरकारको माग अनुसार पूर्वाधारको काम गर्न केही आवश्यक पर्ने भएकाले कम्तीमा एक महिनायता कोरिया रोजगारी सुचारु नहुने बताए । पछिल्लो समयमा कोरियामा कोरोना भाइरसको त्रास बढेको भन्दै कोरिया सरकारले सबै आप्रवासी कामदारलाई रोक लगाएको छ ।

    ‘भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये कतिपयको रोजगारीमा कोरिया पुगिसक्नुपर्ने अवधि सकिने भएकाले चाँडो रोजगारी सुचारु गर्न आग्रह गरिसकेका छौँ,’ उनले भने, ‘रोजगारी सुचारु गर्न कोरियाले केही सर्त राखेको छ, जुन पूरा गर्न कम्तिमा एक महिना लाग्ने देखिन्छ ।’

    हालको प्रावधानअनुसार कोरियन भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्षभित्र रोजगारीका लागि कोरिया पुगिसक्नुपर्छ । भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्षभित्र जान नसके पुनः भाषा परीक्षामा सहभागी हुनुपर्छ । आजको नागरिक दैनिकमा समाचार छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ५, २०७७ बिहिवार - ०७:०९:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology