आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ज्योति लाइफको आईपीओ बाँडफाँड हुँदै

ज्योति लाइफको आईपीओ बाँडफाँड हुँदै

नागरिक पाटी

१३, चैत्र २०७७
  • 6.9K
    SHARES
  • ज्योति लाइफको आईपीओ बाँडफाँड हुँदै

    काठमाडौं । ज्योति लाइफको प्राथमिक शेयर (आईपीओ) आज मध्यान्न साढे १२ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार साढे १२ बजे ज्योति लाईफको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा बाँडफाँड गरिन लागिएको हो ।

    images

    धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम मंगलबार गरिएको आईपीओको प्रि अलटमेन्ट अनुसार ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् ।

    यसअनुसार आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४९६ जनामध्ये १२ लाख ४८ हजार ४९६ जना (दोहोरो आवेदक सहित) आवेदकको हात खाली हुने देखिएको छ । जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७.७६ प्रतिशत हो ।

    कुल आवेकदको ३२.२४ प्रतिशत अर्थात ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र शेयर पाउनेछन् । ज्योति लाइफले कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

    धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हरेक आवेदकलाई न्यूनतम १० कित्ता शेयर बाँडफाँड गर्नुपर्ने र अपुग भएको खण्डमा निष्काशित शेयर संख्यालाई दशले भाग गरेर पुग्ने जति आवेदकलाई गोलाप्रथाबाट बाँडफाँड गरिने व्यवस्था छ ।

    इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ज्योति लाइफको आईपीओमा यसअघिको सबै रेकर्ड ब्रेक हुँदै सर्वसाधारणबाट आवेदन परेको थियो ।

    आईपीओमा सर्वसाधारणबाट माग गरिएको भन्दा ६.४१ गुणा बढी अर्थात तीन करोड ८० लाख कित्ताका लागि आवेदन परेको छ । जबकी कम्पनीले ५९ लाख ४० हजार कित्ताका लागि मात्र आवेदन मागेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १३, २०७७ शुक्रवार - ०८:०७:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology