आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

"ज्योति लाइफ इन्स्योरेन्ससँग बोनसबाट नै पुँजी बढाउने क्षमता छ"

"ज्योति लाइफ इन्स्योरेन्ससँग बोनसबाट नै पुँजी बढाउने क्षमता छ"

नागरिक पाटी

१३, चैत्र २०७७
  • 26.1K
    SHARES
  • "ज्योति लाइफ इन्स्योरेन्ससँग बोनसबाट नै पुँजी बढाउने क्षमता छ"

    काठमाण्डौँ । ज्योति लाइफ इन्स्योरेन्सले बोनसबाट नै पुँजी बढाउने क्षमता रहेको जनाएको छ । आईपिओ बाँडफाँड कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले पुँजी बढाउँनको लागि हकप्रदको सहारा लिनु पर्ने अवस्था नरहेको भन्दै बोनसबाट नै पुँजी बढाउने क्षमता रहेको र सोहि अनुसार पुँजी बढाउने बताएका हुन् ।

    images

    उनले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्ममा रिजर्भमा ४८ करोड रुपैयाँ रहेको र कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ रहेको बताए । त्यस्तै उनले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ७५ लाख खुद नाफा कमाएको बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो ५६ प्रतिशतको वृद्धि हो ।

    यसैबिच ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर ९आइपिओ० बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा ५ लाख ९४ हजार आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको छ।

    आइपिओमा कुल १८ लाख ४२ हजार ४९६ जनाले आवेदन दिएका थिए। यो संख्या हालसम्मकै उच्च हो। केही दोहोरो आवेदन परेकाले रद्द भएको छ, केहीको बैंकबाटै भेरिफाइड भएन। १७ लाख ९७ हजार ८३३ आवेदक मात्रै भेरिफाइड भएको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

    रद्द भएकासहित १२ लाख ४८ हजार ४९६ जना आवेदकको हात खाली भएको छ। जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७।७६ प्रतिशत हो।

    अर्थात कुल आवेकदमध्ये ३२.२४ प्रतिशतले सेयर पाएका छन्। अर्थात ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र शेयर पाएका हुन्। आईपिओ नतिजा मेरोशेयर, सिडीएसले आईपिओ नतिजाको लागि तयार पारेको वेबसाइट र बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ ।

    Jyoti Life.jpg

    ज्योति लाइफ इन्स्योरेन्स पछिबाट खुलेको नयाँ बीमा कम्पनी हो। नयाँ जीवन बीमा कम्पनीमध्ये यसअघि प्रभु र रिलायन्स लाइफले आइपिओ जारी गरिसकेका छन्।

    आइएमई, युनियन, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ। यी कम्पनीहरूले पनि क्रमश आइपिओ जारी गर्नेछन्।

    ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म १ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ।

    प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३९ रुपैयाँ छ। कम्पनीले दोस्रो त्रैमासिक अवधिमा १० करोड रुपैयाँ खुद नाफा कमाएको छ। जवकि गत वर्षको यसै अवधिमा ६ करोड ८९ लाख कमाएको थियो। 

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १३, २०७७ शुक्रवार - १४:०७:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology