आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

"नीफ्रा"द्धारा नयाँ ब्याजदर सार्वजनिक

"नीफ्रा"द्धारा नयाँ ब्याजदर सार्वजनिक

नागरिक पाटी

८, बैशाख २०७८
  • 15.6K
    SHARES
  • "नीफ्रा"द्धारा नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (नीफ्रा) ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । आजैदेखि लागू हुने गरी तोकिएको ब्याजदरअनुसार व्यक्तिगततर्फको मुद्धती खातामा निक्षेपकर्ताले ७.२५ प्रतिशत ब्याज पाउनेछन् । यसका लागि कम्तीमा १ करोड रूपैयाँ निक्षेप राख्नुपर्ने र परिपक्व हुने समयअवधि ५ देखि १० वर्ष तोकिएको छ ।

    images

    त्यस्तै संस्थागत निक्षेपकर्ताले ५ वर्षका लागि ६.५ प्रतिशत‍ र १० वर्षका लागि ६.६ प्रतिशत ब्याजदरमा निक्षेप लगानी गर्न पाउने बैंकले जनाएको छ ।

    संस्थागत लगानीकर्ताले यस बैंकमा निक्षेप जम्मा गर्न न्यूनतम १० करोड रूपैयाँ जम्मा गर्नुपर्ने छ । कर्जा लगानीतर्फ नीफ्राले ‘ग्रीनफिल्ड’ क्षेत्रका लागि ९.५ प्रतिशत देखी ११ प्रतिशत , ‘ब्राउनफिल्ड’ क्षेत्रका लागि ९ देखि १०.५ प्रतिशत र ब्रिजग्याप कर्जाका लागि १० प्रतिशतदेखि ११.५ प्रतिशत ब्याजदर तोकेको छ ।

    विदेशी मुद्रामा दिने कर्जाको ब्याज ‘लण्डन अन्तर बैंक अफर दर, लिबोर’ को सहकार्यमा तय गरिने र विदेशी लगानीका लागि दिने कर्जाको ब्याजदर बैंकको कुपन दरमा ३ प्रतिशतसम्म प्रिमियम जोडिने नीफ्राले प्रकाशित गरेको नयाँ ब्याजदरमा उल्लेख गरेको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - १५:३७:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology