आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित

जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित

नागरिक पाटी

२४, बैशाख २०७८
  • 6.7K
    SHARES
  • जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित

    काठमाण्डौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपालको वार्षिक साधारण सभा स्थगित भएको छ । वैशाख २४ गते सम्पन्न संचालक समितिको बैठकले वैशाख २६ गते हुने तेस्रो साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

    images

    विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि सञ्चालन गर्न नपाइने र १५ जना भन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरेको कम्पनीले जनाएको छ ।

    अर्को सूचना जारी नभए सम्मको लागि साधारण सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - २१:५३:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology