आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अजोड इन्स्योरेन्स कम्पनीको मुनाफा दोब्बर

अजोड इन्स्योरेन्स कम्पनीको मुनाफा दोब्बर

नागरिक पाटी

२६, बैशाख २०७८
  • 5.8K
    SHARES
  • अजोड इन्स्योरेन्स कम्पनीको मुनाफा दोब्बर

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले तेस्रो क्वाटरको वित्तीय विबरण सार्वजनिक गर्दै गत वर्षको सोही अवधिको तुलनामा २ करोड ५९ लाख रुपैयाँले मुनाफा बढेको जनाएको छ ।

    images

    गत वर्ष तेस्रो क्वाटरसम्ममा ३ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा चालू आर्थिक बर्ष ६ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । दोस्रो त्रैमासको अन्त्यसम्ममा ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले तेस्रो त्रैमासमा २ करोड ४ रुपैयाँ नाफा थप गर्न सफल भएको छ ।

    कम्पनीको प्रति सेयर आम्दानी ८।१५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११७।६८ प्रतिशत रहेको कम्पनीले जनाएको छ । कम्पनीको प्रतिसेयर कुल सम्पतिको मूल्य २१०।२६ रुपैयाँ रहेको छ ।

    १ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा तथा कोषमा ७ कोड ५५ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा ९ करोड २९ लाख र महा(विपत्ती जगेडा ८ लाख २९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

    १ लाख ५ हजार ९० बीमालेख जारी गरेको कम्पनीले बीमाशुल्क बापत १ अर्ब २ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ । ३ हजार ३५० दाबी भुक्तानी बापत कुल ५० करोड २० लाख ९५ हजार भुक्तानी दिएको कम्पनीले ३ हजार ९४४ दावी भुक्तानी बापत ४३ करोड ९३ लाख ५० हजार भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - १८:४४:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology