आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेयर बजारमा हरियाली

शेयर बजारमा हरियाली

नागरिक पाटी

२७, बैशाख २०७८
  • 6.8K
    SHARES
  • शेयर बजारमा हरियाली

    काठमाडौं । आइतबार ओरालो लागेको शेयर बजारमा सोमबार भने हरियाली छायो । यसदिन बजार २७ अंकले उकालो लागेर २६ सय ४६ मा पुगेर थामिएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ अंकले उकालो लागेर ४ सय ७५ विन्दुमा पुगेको छ । यसदिन बजार बढे पनि कारोबार रकम र शेयर संख्या दुवैमा कमी आएको नेप्सेले जनाएको छ ।

    images

    सोमबार सबै उपसमूह हरियो रहँदा निर्जीवन बीमा सबैभन्दा बढी ३ सय ४६ अंकले उकालो लाग्यो । जीवन बीमा १ सय ३८ अंकले सकरात्मक रह्यो । यस्तै उत्पादन समूह १ सय ३४, अन्य ७९, लघुवित्त समुह ५० अंकले उकालो लागेको छन् ।

    व्यापार समूहमा २० अंकको सुधार आउँदा विकास बैंक १८, जलविद्युत १६, वित्त समुहमा १० अंकले वृद्धि भएको छ । बैंक समूहमा सामान्य अंकको सुधार आउदा लगानी समूह र सामुहिक लगानी कोषमा हरियो मात्र रहे ।

    सोमबार राष्ट्रिय बीमा समिति, समता घरेलु लघुवित्त वित्तिय संस्था, जलविद्युत परियोजनाका लगानीकर्ताले कमाउँदा १ सय ३५ कम्पनीको शेयर मुल्य वृद्धि भएको छ । विशाल बजार कम्पनीका लगानीकर्ताले बढी गुमाउँदा २६ कम्पनीको मुल्यमा गिरावट आएको छ । २२ कम्पनीको मुल्य स्थीर रहेको एक्सचेञ्जले जनाएको छ ।

    कारोबारका आधारमा सोमबार नेपाल रिइन्स्युरेन्स कम्पनी अग्र स्थानमा रह्यो । सोमबार २ सय १८ कम्पनीको ७५ लाख बढी कित्ता शेयर ४ अर्ब २० करोड बढीमा कारोवार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - १७:४५:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology