आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सीइडीबी हाइड्रोपावरको आइपीओ कहिले हुन्छ बाँडफाँट ?

सीइडीबी हाइड्रोपावरको आइपीओ कहिले हुन्छ बाँडफाँट ?

नागरिक पाटी

२८, बैशाख २०७८
  • 5.7K
    SHARES
  • सीइडीबी हाइड्रोपावरको आइपीओ कहिले हुन्छ बाँडफाँट ?

    काठमाडौं । सीइडीबी हाइड्रोपावरको आइपीओ अर्को हप्ताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कोरोना संक्रमणका कारण भेरीफाई गर्ने कर्मचारी आवतजावतमा समस्या भएकोले अर्को हप्ताभित्र मात्र आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्दपी, अझै धेरै काम बाँकी रहेकोले कुन दिन बाँडफाँट गर्ने अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ ।

    यता, सीइडीबी हाइड्रोपावरको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ६३ करोड ४५ लाख ५० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १७ लाख ३६ हजार ७०० जनाले २ करोड ६३ लाख ४५ हजार ५०० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ११.२५ गुणा बढी हो ।

    यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको २३ लाख ४१ हजार ९५४ कित्तालाई आधार मान्दा २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख २ हजार ५०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

    images

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - १७:२८:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology