काठमाण्डौँ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा नेको इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले इन्स्योरेन्सको १५.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १४२९ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यको आधारमा समायोजन गरेको हो। बिहीबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १६५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न असार ३१ गते कम्पनीको भवन ज्ञानेश्वरमा विद्युतिय माध्यमबाट २५ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले १५.५ प्रतिशत अर्थात २० करोड ४२ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।८२५ प्रतिशत अर्थात १ करोड ७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।