आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रसुवामा रहेको मैलुङ खोला जलविद्युतलाई आइपीओ निष्काशनको अनुमति

रसुवामा रहेको मैलुङ खोला जलविद्युतलाई आइपीओ निष्काशनको अनुमति

नागरिक पाटी

२४, आषाढ २०७८
  • 7.5K
    SHARES
  • रसुवामा रहेको मैलुङ खोला जलविद्युतलाई आइपीओ निष्काशनको अनुमति

    काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आवेदन दिएको ४ वर्षपछि आईपीओ निष्काशन अनुमति पाएको छ । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार २३ गते आईपीओ निष्काशनको अनुमति पाएको हो ।

    images

    कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनको अनुमति पाएको हो ।

    मैलुङ खोला जलविद्युत कम्पनीको सर्वसाधारणमा शेयर जारी गर्न २०७४ माघ १८ गते बोर्डमा आईपीओ जारी गर्न अनुमति माग्दै निवेदन दर्ता गराएको थियो । तर त्यसको साढे ३ वर्षपछि कम्पनीले आईपीओ जारी गर्न अनुमति पाएको हो । बोर्डले मागेको आवश्यक कागजात कम्पनीले उपलब्ध नगराएपछि लामो समयमम्म कम्पनीले शेयर जारी गर्ने अनुमति पाउन सकेको थिएन ।

    मैलुङ खोला जलविद्युत कम्पनीको आईपिओलाई इक्रा नेपालले ‘इक्राएनपि ग्रेड ५’ दिएको छ । धितोपत्र बोर्डले केहि समय अघि खराब रेटिङ्ग पाएका कम्पनीहरुले आईपिओ निष्काशन गर्न नपाउने व्यवस्था गरेको थियो । तर स्थानीय आयोजना प्रभावितलाई आईपिओ निष्काशन गरीसकेकोले मैलुङ खोला लाई भने त्यो व्यवस्था लागू नभएपछि सर्वसाधारणलाई शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

    मैलुङ खोला जलविद्युत् कम्पनीले २०७४ बैशाखमा नै स्थानीय बासिन्दाको लागि ३ लाख ६८ हजार १ सय ४३ कित्ता शेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

    कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीमा ७० प्रतिशत शेयर संस्थापक समुहको, स्थानीय बासीन्दाका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत शेयर स्वामित्व संरचना रहेको छ । जसमध्ये २५ करोड ७७ लाख रुपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता भईसकेको छ । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ । आइपीओ निष्काशन तथाबिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २४, २०७८ बिहिवार - ११:०९:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology