आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

युनियन लाइफको आईपीओमा लगानीकर्ताको ओइरो

युनियन लाइफको आईपीओमा लगानीकर्ताको ओइरो

नागरिक पाटी

२६, आषाढ २०७८
  • 7.1K
    SHARES
  • युनियन लाइफको आईपीओमा लगानीकर्ताको ओइरो

    धादिङ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा दोश्रो दिन सम्ममा ११ लाख २८ हजार बढि आवेदन परेको छ ।

    images

    निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार दोश्रो दिन शुक्रबार ३:० बजेसम्ममा ११ लाख २८ हजार ३ सय ८४ जना आवेदकबाट १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ताको लागि आवेदन परेको हो । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा २.९४ गुणा बढी आवेदन हो ।

    कम्पनीले असार २४ गते, बिहीबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

    जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो ।

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता सम्मका लागि छिटोमा असार २८ गतेदेखि ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको साधारण शेयरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - ०८:०६:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology