आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यूनियन लाइफको आईपिओ १६ लाखले शेयर पाएनन्

यूनियन लाइफको आईपिओ १६ लाखले शेयर पाएनन्

नागरिक पाटी

१, श्रावण २०७८
  • 5.8K
    SHARES
  • यूनियन लाइफको आईपिओ १६ लाखले शेयर पाएनन्

    काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड भएको छ । जस अनुसार इन्स्योरेन्समा सर्वसाधारणतर्फबाट ५ लाख ८० हजार ५०० जना नयाँ शेयरधनी थपिएका छन् । इन्स्योरेन्सको १० कित्ता शेयर उल्लेखित आवेदकलाई गोलाप्रथाबाट बितरण गरिएको हो ।

    images

    इन्स्योरेन्सले निष्काशन गरेको साधारण शेयरमा २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको थियो । उक्त आवेदन मध्ये दोहोरो आवेदन गरेका ४ हजार ८०१ र अन्य कारणले ६५ हजार १७५ वटा आवेदन रद्ध भए पछि सदर भएका आवेदनलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।

    यस आधारमा इन्स्योरेन्सको शेयरमा आवेदन गरेका कुल मध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ । इन्स्योरेन्सले असार २४ गतेदेखि १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता इन्स्योरेन्सका कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०७८ शुक्रवार - ०८:४०:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology