आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सोमबार करिब १२ अर्ब रुपैयाँको कारोबार

सोमबार करिब १२ अर्ब रुपैयाँको कारोबार

नागरिक पाटी

४, श्रावण २०७८
  • 5.8K
    SHARES
  • सोमबार करिब १२ अर्ब रुपैयाँको कारोबार

    काठमाण्डौ । हप्ताको दोस्रो दिन पनि शेयर बजार कारोबार मापक नेप्से परिसूचक बढेको छ । नेप्से सोमबार १३ दशमलव ९७ अङ्कले बढेर दुई हजार नौ सय ९४ दशमलव ५८ विन्दुमा पुगेको छ ।

    images

    सोमबार विकास बैंक, जलविद्युत्, बीमा, होटल, फाइनान्स र माइक्रोफाइनान्स समूहबाहेक अरू समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर झन्डै ११ अङ्कले, व्यापार समूहको एक सय ९६ अङ्कले, निर्जीवन बीमा समूहको एक सय एक अङ्कले, उत्पादन समूहको ४१, अन्यको १७ र लगानी समूहको शेयर साढे एक अङ्कले बढेको छ ।

    सोमबार दुई सय १९ कम्पनीका तीन करोड ७५ लाख कित्ता शेयर ११ अर्ब ८१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३५ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    सोमबार सिनर्जी पावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि गुराँस फाइनान्स, मञ्जुश्री फाइनान्स, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - १९:४५:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology