काठमाडौं । जीवन बीमा कम्पनि नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गरेको छ । प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनी मध्ये एक एलआईसी नेपाललाई उछिन्दै नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो ।
कूल बीमाशुल्क १२ अर्ब १६ करोड सहित प्रथम बीमाशुल्क चार अर्ब भन्दा माथि पु¥याउन सफल भएको छ । बीमा समितिका अनुसार एलआइसी नेपालको प्रथम बीमाशुल्क रु.३ अर्ब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा रहेको छ भने युनियन लाईफको रु.३ अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ ।
नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अरब ८४ करोड कूल बीमाशुल्क आम्दानी गरेको छ ।