काठमाडौँ । नेपाल टेलिकमले २२ प्रतिशत शेयर सर्वसाधारणलाई विक्री गर्ने भएको छ । सरकारले चालू आर्थिक वर्ष २०७८र७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेको थियो ।
आगामी पुस मसान्तसम्म नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने व्यक्तिले शेयर खरीद प्रक्रियामा भाग लिन पाउने व्यवस्था बजेटमा गरिएकोमा कार्यान्वयनका लागि टेलिकमले गृहकार्य शुरु गरेको छ ।
बजेटमा व्यवस्था गरिएअनुसार कार्यान्वयन गर्नेगरी अर्थ सहितका निकायहरुले आआफ्नो तरिकाले तयारी थालेको मन्त्रालयका सहसचिव दीर्घराज मैनालीले बताएका छन् । हाल टेलिकममा ९२ प्रतिशत सरकारको र ८ प्रतिशत सर्वसाधारणको शेयर रहेकोमा नयाँ व्यवस्था लागू भएसँगैँ सर्वसाधारणको शेयर ३० प्रतिशत पुग्नेछ भने टेलिकममा सरकारी स्वामित्व ७० प्रतिशतमा झर्नेछ ।