आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रभु बैंकको संस्थापक शेयर लिलामीमा विक्री खुला हुने

प्रभु बैंकको संस्थापक शेयर लिलामीमा विक्री खुला हुने

नागरिक पाटी

८, श्रावण २०७८
  • 5.7K
    SHARES
  • प्रभु बैंकको संस्थापक शेयर लिलामीमा विक्री खुला हुने

    काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर साउन १५ गतेदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।

    images

    उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले साउन २९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य रू २१० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

    यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

    कम्पनीको शेयर विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र साउन ३१ गते बिहान १० बजे एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जानकारी गराएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - ०९:४७:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology