आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार

साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार

नागरिक पाटी

९, श्रावण २०७८
  • 4.9K
    SHARES
  • साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार

    धादिङ । नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पुँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्तामा विश्वाससमेत बढेको पाइएको छ । नेप्से परिसूचकसमेत तीन हजार विन्दुमा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो ।

    images


    बजारमा झण्डै एक महिना जस्तो ‘करेक्सन’ देखियो । लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्नुपर्ने तथा अन्य आर्थिक कारोबार मिलाउनु पर्ने भएकाले पनि असारको अन्तिम दुई साता बजारमा करेक्सन देखिएको हो ।

    आर्थिक वर्षको पहिलो कारोबार दिन साउन ३ गते नेप्सेमा हरियाली छाएको छ । गत आर्थिक वर्षमा ऐतिहासिक रेकर्ड कायम गरेको शेयर बजारमा वर्षको पहिलो कारोबार दिनमा पनि सोही उत्साह देखिएको छ ।

    यस साता चार दिनमात्रै शेयर बजारमा कारोबार भयो । बुधबार सार्वजनिक बिदा परेकाले पनि कूल चार दिनमात्रै कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यही साउन ३ गते पुनः स्थापित संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्थ्यो । सो दिन शेयर बजारले पछिल्लो राजनीतिक घटनाक्रमलाई स्वागत गर्यो ।

    यस साता कूल २२२ कम्पनीको रु ४२ अर्ब ५१ करोड ३५ लाख ९६ हजार ९८४ बराबरको कारोबार भयो । नेप्सेका अनुसार यस साता कूल १५ करोड ४० लाख छ हजार ७०२ कित्ता शेयर कारोबार भयो ।

    साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९७.२१ अङ्कले बढेर २९८०.६१ विन्दुमा पुगेको थियो । सो दिन दुई करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर रु ११ अर्ब ६८ करोड ८१ लाख २६ हजार ४९२ मा कारोबार भयो । त्यस दिन १९४ वटा कम्पनीको शेयर मूल्य बढेको थियो भने २२ वटा कम्पनीको शेयर मूल्य ओरालो लाग्दा पाँचवटा कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो ।

    त्यस दिन समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप अफ पावर, हिमालयन पावर पार्टनर र सिङ्गटी हाइड्रो इनर्जी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

    साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको थियो । नेप्से परिसूचक १३.९७ अङ्कले बढेर दुई हजार ९९४.५८ मा पुगेको थियो ।

    ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.०२ विन्दुले घटेर ५६०.९४ मा ओर्लियो । कूल २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर रु ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ मूल्यमा खरीद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको थियो ।

    सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार ५९ बराबर पुगेको छ । कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको थियो ।

    Stock_dmq.jpg

    कारोबारका आधारमा सिनर्जी पावरको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो भने विशाल बजार कम्पनी ९.२०, नेपाल इन्सुरेन्स ७.५७, नागरिक लगानी कोष ६.४० र हिमालयन ऊर्जा विकास कम्पनीको लगानीकर्ताले ५.९८ प्रतिशतले कमाएका थिए ।

    त्यस दिन नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ५.८७, सनराइज बैंकको ऋणपत्र ५.०६, गुर्खाज फाइनान्स ३.६०, मञ्जुश्री फाइनान्स ३.२० र एचआइडिसिएलका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाएका थिए ।

    साताको तेस्रो दिन मङ्गलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो । त्यस दिन नेप्से ९.०१ अङ्कले ओरालो लागेर दुई हजार ९८५.५७ मा ओर्लेको थियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अङ्कले ओरालो लागेर ५५८.११ मा ओर्लेको थियो ।

    कूल २१९ कम्पनीको तीन करोड १६ लाख आठ हजार १९३ कित्ता शेयर रु सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ मूल्यमा खरीद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ५३ अर्ब सात करोड ९० लाख ३४ हजार ३०२ को हाराहारीमा पुगेको थियो । त्यसदिन कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लाग्यो ।

    त्यस दिन कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको थियो । सो कम्पनीको रु ३८ करोड ७८ लाख २० हजार ९६८ बराबरको कारोबार भयो । त्यस दिन लक्ष्मी उन्नति कोष १०.०४, लक्ष्मी इक्विटी फन्ड १०.०१, वरुण हाइड्रोपावर ९.३९, माउन्टेन हाइड्रोपावर ९.२८ र ग्लोबल आइएमई समुन्नत स्किम–एकका लगानीकर्ताले ८.९२ प्रतिशतले कमाएका थिए ।

    बुधबार सार्वजनिक बिदा भएकाले शेयर कारोबार भएन । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार कारोबार मापक नेप्से परिसूचक तीन हजार विन्दु पार ग¥यो । त्यस दिन नेप्से परिसूचक १८.७५ विन्दुले बढेर तीन हजार ४.३१ मा पुगेको थियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०६ विन्दुले बढेर ५६२.२४ मा पुगेको थियो ।

    कूल २२२ कम्पनीको पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर रु ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ बराबरको कारोबार भएको थियो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ७९ अर्ब १७ करोड ४७ लाख ३१ हजार ६७३ बराबर पुगेको छ ।

    बिहीबार कारोबार भएका १३ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लाग्दा पाँच उपसमूहको शेयर मूल्य भने उकालो लागेको थियो । त्यस दिन कारोबारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रहेको थियो । सो बैंकको रु ४६ करोड २७ लाख ६४ हजार ६४० बराबरको कारोबार भयो ।

    बिहीबार लक्ष्मी उन्नति कोष १०.०४, सिइडिबी हाइड्रोपावर १०, ङादी ग्रुप अफ पावर १०, पोखरा फाइनान्स ९.९५ र माउन्टेन हाइड्रोका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाएका थिए ।

    साताभर माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३०.९२ प्रतिशतले कमाएका थिए । यस्तै, लक्ष्मी इक्विटी फन्ड २७.३९, लक्ष्मी उन्नति कोष २४.२५, कृषि विकास बैंक २७.७६ र सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले २२.६२ प्रतिशतले कमाए ।

    त्यसैगरी राष्ट्रिय बीमा कम्पनीका संस्थापक शेयरधनीले ५.५५ प्रतिशतले गुमाउँदा गुर्खाज फाइनान्स ५.४४, सारथी नेपाल लघुवित्त ४.६६, एभरेष्ट इन्सुरेन्सको संस्थापक शेयर ४.५९ र मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४.१९ प्रतिशतले गुमाए । रासस 

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७८ शनिवार - १६:४१:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology