शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री

व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री

नागरिक पाटी

११, श्रावण २०७८
  • 9.4K
    SHARES
  • व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री

    प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी व्यवसायीसमेत रहेका नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई दिएका छन्।

    images
    images

    असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएलगत्तै कांग्रेस र माओवादी केन्द्रका दुईरदुई सांसदलाई मन्त्री बनाएका देउवाले सत्तारुढ गठबन्धनभित्रको आन्तरिक विवाद र आफ्नै पार्टी कांग्रेसभित्रको विवाद व्यवस्थापन तथा सरकारको न्यूनतम साझा कार्यक्रम तय भएपछि सरकारलाई पूर्णता दिने बताइएको थियो। तर, देउवाले आइतबार अचानक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैँमा रहनेगरी श्रेष्ठलाई राज्यमन्त्री बनाएका हुन्।

    लिटिल एनजल्स, आइडिया मोडल, स्मल हेभनलगायत विद्यालयका सञ्चालक श्रेष्ठ झण्डै चार दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय छन्। महेन्द्रनारायण निधि मेमोरियल सामुदायिक अस्पताल र जनमैत्री अस्पतालमा समेत आबद्ध उनले जलविद्युत् र कृषि क्षेत्रमा पनि हात हालेका छन्। उनी दोस्रो संविधानसभा सदस्यमा मन्त्रिपरिषद्बाट मनोनीत २६ जनामध्येमा परेका थिए। कोरोना संक्रमणबाट जनता आहत बनेको र तेस्रो लहर आउने विज्ञहरूले औंल्याइरहेका बेला श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - ०८:२०:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology