धार्के,धादिङ । धादिङको धुनिवेशी नगरपालिकामा रुद्रायणी बचत तथा क्रृण सहकारी सँस्थाको उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ चालिसेमा नगरप्रमुख बालकृष्ण आचार्यले रिबन काटेर उक्त सहकारीको उद्घाटन गर्नुभएको हो ।
सहकारी उद्घाटन गर्र्दै नगरप्रमुख आचार्यले सहकारीको सुरुवात भएकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिनुभएको छ । नगरपालिकाको तर्फबाट सहकारीलाई गर्नुपर्ने सहयोग सँधै रहने भन्दै उहाँले सुरु देखि नै व्यवस्थित रुपमा सहकारी सञ्चालन गर्न सुझाव दिनुभएको छ । (उद्घाटन कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्यले राख्नुभएको विचार सुन्न तथा हेर्न यहाँ क्लिक गर्नुहोस् ।)

यस्तै जिल्ला सहकारी सँघ धादिङका अध्यक्ष रामचन्द्र आचार्यले नगरपालिकाको केहि सहकारीहरु समस्याग्रत पनि रहेको उल्लेख गर्दै हरेक निर्णय गर्दा सामुहिक रुपमा गर्न सुझाव दिनुभएको छ । सहकारीबाट नै व्यक्ति सम्पन्न हुने बताउनुहुँदै युवाशक्ति सहकारीमा आवद्ध भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

सहकारीको उद्घाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख निरु खरेल लगायतको सहभागिता रहेको थियो । रुद्रायणी बचत तथा ऋण सहकारी सँस्था धुनिवेशी नगरपालिका सहकारी ऐन २०७४ खण्ड १ परिच्छेद ३ को दफा १ र सहकारी ऐन २०७४ को दफा १२२ को अधिनमा रहने गरि दर्ता भएको हो ।

सहकारी सँस्थाले अहिले स्थानियहरुका लागि शेयर पनि विक्री गरिरहेको सहकारी सँस्थाका सचिव रमेश पण्डितले बताउनुभयो । सहकारी सञ्चालनका लागि यस अघि रवि रेग्मीको अध्यक्षतामा ७ सदस्यिय कार्यसमितीको पनि गठन गरिएको छ । समितीको उपाध्यक्षमा पवित्रा विष्ट न्यौपाने, सचिवमा रमेश पण्डित, कोषाध्यक्षमा शुशिल आचार्य र सदस्यहरुमा रामकाजी आचार्य, रामहरी प्रसाद रेग्मी र अस्मिता थापा मगर रहनुभएको छ ।