मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँड गरिएको हो ।
आएपीओमा आवेदन गर्ने ६८ हजार ४६८ जनाले १० कित्ता प्राप्त गरेका छन् भने ६ जनालाई ११ कित्ताका दरले शेयर परेको छ। कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन गरेका थिए । आवेदन गरेकामध्ये २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको थियो । सदर आवेदक २० लाख ६५ हजार १२४ जनामध्येबाट गोलाप्राथागरी आईपीओ बाँडफाँड गरिएको हो।
कम्पनीले साउन १४ गतेदेखि साउन १९ गतेसम्म आईपीको बिक्री खुला गरेको थियो ।