आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

न्यादीको आईपीओमा ६१ करोड बराबरको आवेदन

न्यादीको आईपीओमा ६१ करोड बराबरको आवेदन

नागरिक पाटी

१६, भाद्र २०७८
  • 13.0K
    SHARES
  • न्यादीको आईपीओमा ६१ करोड बराबरको आवेदन

    न्यादी हाइड्रोपावरको आईपीओमा मंगलबार अन्तिम दिनसम्म ६१ करोड १३ लाख ३ हजार ८ सय रुपैयाँ बराबरको माग आवेदन परेको छ । आयोजनाको अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको पाँच लाख कित्ता शेयरको लागि दुई हजार नौ सय ५३ जना आवेदकबाट १६ करोड ३७ लाख १८ हजार एक सय रुपैयाँ बराबरको माग आवेदन परेको छ ।

    images

    जिल्लावासीका लागि छुट्याइएको १० लाख कित्ता शेयरको लागि २२ हजार दुई सय ३८ जना आवेदकबाट ४४ करोड ७५ लाख ८५ हजार सात सय रुपैयाँ बराबरको माग आवेदन परेको न्यादी जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले न्युज कारखानालाई बताए । उनकाअनुसार १ भदौबाट बिक्री खुला भएको आईपीओ भर्ने समय मंगलबार सकिएको छ ।

    जिल्लाबासीको लागि कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता शेयर निष्कासन गरेको हो भने अति प्रभावित क्षेत्रका लागि पाँच लाख र संस्थापक शेयरधनीका लागि तीन लाख कित्ता शेयर प्रारम्भिक चरणमा निष्कासन गरेको हो । यसपछि कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने जनाएको छ । ०७३ चैतबाट निर्माण सुरु भएको आयोजनाको निर्माणकार्य सम्पन्न भएपनि ट्रान्समिसन लाइन र सबस्टेशनको काम सकिएसँगै केही महिनामा विद्युत उत्पादन गरिने आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए ।

    आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको हो । बुटवल पावर कम्पनीको ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत विकास कम्पनीको दुई दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भएको हो । आयोजना कुल ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार लागतमा निर्माण भएको आयोजनाले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०७८ बुधवार - ११:१९:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology