आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेप्सेमा दोहोरो अंकको सुधार 

नेप्सेमा दोहोरो अंकको सुधार 

नागरिक पाटी

५, आश्विन २०७८
  • 4.5K
    SHARES
  • नेप्सेमा दोहोरो अंकको सुधार 

    मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार एक सय १४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको हो ।

    images

    नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २ हजार सात सय १२ दशमलव ०७ अंकमा पुगेको छ । एक पटक ६४ अंकले परिसूचक बढे पनि अन्त्यमा १३ अंकले बढेर कारोबार बन्द भएको छ ।

    मंगलबार ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ । सोमबार साढे आठ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो ।

    मंगलबार सबैभन्दा धेरै कमाउनेमा मनकामना स्मार्ट लघुवित्त कम्पनीका लगानीकर्ताहरू छन् । जसको शेयर मूल्य ९८ दशमलव ९० रुपैयाँले बढेको छ ।

    त्यस्तै दोस्रोमा रूरू हाइड्रोपवरको शेयर मूल्य ६७ रुपैयाँले बढेर १ हजार २ सय २७ रुपैयाँ पुगेको छ । तेस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य १७ रुपैयाँले बढेर तीन सय ८२ रुपैयाँ पुगेको छ । निफ्राले मंगलबार नै ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - १६:४४:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology