आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेप्से परिसूचक ७३ अंकले घट्यो, कारोबार रकम ५ अर्बमा सीमित

नेप्से परिसूचक ७३ अंकले घट्यो, कारोबार रकम ५ अर्बमा सीमित

नागरिक पाटी

११, आश्विन २०७८
  • 8.0K
    SHARES
  • नेप्से परिसूचक ७३ अंकले घट्यो, कारोबार रकम ५ अर्बमा सीमित

    सोमबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम ७३ अंक माथिले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ७३।०५ अंकले घटेर २६ सय ८५।४१ बिन्दुमा झरेको हो । त्यसो त अघिल्लो दिन आइतबार मात्र नेप्से परिसूचक ६१ अंक माथिले घट्दै २७ सय ५८।४८ विन्दुमा झरेको थियो ।

    images

    नेप्सेका अनुसार यसदिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२।९४ अंकले घटेर ५०६।३३ विन्दुमा झरेको छ । यस दिन सबैजसो समूहहरु ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । आज कुल २२७ कम्पनीका एक करोड ४ लाख ७८ हजार कित्ता बजारमा ६७ हजार ५८७ पटक किनबेच हुँदा कारोबार रकम ५ अर्ब १२ करोडमा सीमित भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - १६:०५:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology