आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

महिला लघुवित्तले बम्पर लाभांश घोषणा

महिला लघुवित्तले बम्पर लाभांश घोषणा

नागरिक पाटी

२४, आश्विन २०७८
  • 5.3K
    SHARES
  • महिला लघुवित्तले बम्पर लाभांश घोषणा

    महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफना सेयरधनीहरुलाई उत्कृष्ट लाभांश घोषणा गरेको हो । संस्थाको शुक्रबार बसको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    images

    जसमा ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेका छन्। उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने निर्णय सञ्चालक समितिले गरेको छ।

    गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने कम्पनीहरुमध्ये सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्ने कम्पनीमहिला लघुवित्त बनेको छ । आकर्षण लाभांश घोषणाले गर्दा कम्पनीको सेयरमूल्यमा उछाल आएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयरमूल्य ९ दशमलव ६९ प्रतिशतले बढेर ५ हजार २ सय ६५ पुगेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २४, २०७८ आइतवार - १२:४०:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology