आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सेयर बजारमा पहिरो

सेयर बजारमा पहिरो

नागरिक पाटी

१, कार्तिक २०७८
  • 3.9K
    SHARES
  • सेयर बजारमा पहिरो

    आइतबार दोहोरो अंकले बढेको सेयर बजार सोमबार पहिरो गएको छ । २६ सय ५६ विन्दुबाट कारोबार सुरु भएको सोमबार ६९ दशमलव ५ अंकले घटेर २५ सय ८७ विन्दुमा पुगेर थामिएको छ । आइतबारको तुलनामा कारोबार रकम भने बढेको छ ।

    images

    आइतबार डेढ अर्बको मात्र कारोबार भएको सेयर बजारमा सोमबार करिब तीन अर्बको कारोबार भयो । २ सय १८ कम्पनीका ८७ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ६८ लाखको कारोबार भएको छ ।

    यस दिन व्यापार समूह १८ अंकले बढ्नुबाहेका अन्य उपसूचकहरू राताम्मे रहे । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ४ सय २७ अंकले ओरालो लागेको छ । यस्तै जीवन बीमा समूह ३ सय ५८ अंकले झरेको छ ।

    सोमबार घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशत गुमाउँदा सबैभन्दा बढी एनआईसी एसियाको ११ प्रतिशत डेभेन्चरमा लगानी गर्नेहरूले दुई प्रतिशतले कमाएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १, २०७८ सोमवार - १६:४२:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology