आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सामलिङ्ग पावरको आईपीओ मंगलबार बाँडफाँड हुने

सामलिङ्ग पावरको आईपीओ मंगलबार बाँडफाँड हुने

नागरिक पाटी

१५, कार्तिक २०७८
  • 3.5K
    SHARES
  • सामलिङ्ग पावरको आईपीओ मंगलबार बाँडफाँड हुने

    सामलिङ्ग पावरको आईपीओ करिब २२ लाखको हात खालि हुने भएको छ ।दुई अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको दुई करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेकोमा ६७ हजार ८९० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी २१ लाख ९७ हजारले शेयर हात पार्ने छैनन् ।सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर ९आईपीओ० बाँडफाँट मंगलबार हुने भएको छ ।

    images

    कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुला भएको आईपीओ मंगलबार बाँडफाँट गर्ने मिति तय भएको कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ ।

    कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको गरेको थियो । कुल निष्कासित शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १५, २०७८ सोमवार - १३:४८:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology