आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेप्से झन्डै २४ अङ्कले बढ्यो

नेप्से झन्डै २४ अङ्कले बढ्यो

नागरिक पाटी

१६, कार्तिक २०७८
  • 5.0K
    SHARES
  • नेप्से झन्डै २४ अङ्कले बढ्यो

    शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार बढेको छ । नेप्से आज २३ दशमलव ७६ अङ्कले बढेर दुई हजार आठ सय ४३ दशमलव ६२ विन्दुमा पुगेको छ ।

    images

    आज बैंक, व्यापार र लगानीबाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । बीमा, विकास बैंक, होटल र अन्य समूहको शेयर उच्च अङ्कले बढेको छ ।

    नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो सोमवार सात अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा आज ९९ लाख ७७ हजार कित्ता शेयर ६ अर्ब सात करोड रुपैयाँमा किनबेच भएका छन् ।

    आज साहस ऊर्जा कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै तीन प्रतिशतले घटेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०७८ मंगलवार - १६:५९:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology