काठमाडौं । ‘सोसियल मिडिया फिल्म अवार्डको ’ दोश्रो संस्करण हुने भएको छ । ड्रीम वल्र्ड अफ फिल्म मेकर्स प्रालिको आयोजनामा हुने अवार्डस्का लागि सह आयोजकको रुपमा अग्रशिल नारी संस्था रहेको छ । फिल्म अवार्डको कार्यकारी अध्यक्षमा सबनम मुखिया, अध्यक्ष जानकी प्रधान श्रेष्ठ र कार्यक्रम संयोजक सन्तोषी अधिकारी छिन् । अवार्डस्को दोस्रो संस्करणमा सहभागिताको लागि दरखास्त आह्वान गरिएको र यो अवार्डमा सहभागी हुन चाहनेहरुका लागि २०७८ कार्तिक १६ गते देखि फारम खुला गरिएको सोसियल मिडिया फिल्म अवार्डस्की अध्यक्ष जानकी प्रधानले बताईन् ।
२०७५ सालमा आयोजना गरिएको अवार्डको पहिलो संस्करण काठमाडौंमा आयोजना भएको थियो । परिस्थिती अनुकूल भएपछि अवार्ड पुनः आयोजना गर्न लागिएको अवार्डकी कार्यकारी अध्यक्ष सबनम मुखियाले बताइन् । सर्ट फिल्म, वृत्तचित्र, विज्ञापन तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरूलाई मध्यजनर गर्दै ‘सोसियल मिडिया फिल्म अवार्ड’ आयोजना हुने भएको हो ।
अवार्डमा ‘सर्ट फिल्म’अन्तर्गत छायाँकार, सम्पादक, अभिनेत्री, अभिनेता र निर्देशक, यस्तै वृत्तचित्र, ‘जनचेतना मुलुक विज्ञापन’ अन्तर्गत पिएसए विधामा प्रतिष्पर्धा हुनेछ। यस्तै ‘सोसियल मिडिया’अन्तर्गत ‘वेस्ट सोसियल मिडिया (फेसबुक, इन्टाग्राम,इमो ) भिजुअल’, ‘वेस्ट युट्युव भिडियो’, वेस्ट च्यालेन्जिङ न्युज लाईभ, पपुलर टिक टक भिडियो, देशभक्ति म्युजिक भिडियो, सर्वोकृष्ट भ्लग, जस्ता विधाहरुमा अवार्ड प्रदान गरिनेछ।

कार्यक्रम संयोजक सन्तोषी अधिकारीका अनुसार फारम र सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामूलक विज्ञापन, युट्युव भिडियो जम्मा भएपछि यसको मनोनयन सार्वजनिकसँगै ‘सोसियल मिडिया फिल्म अवार्ड’ प्रदान गरिनेछ।
संयोजक अधिकारीका अनुसार यसपटक सञ्चारको क्षेत्रमा, उद्योगको क्षेत्रमा र कलाकारिताका क्षेत्रका साथै समाजिक क्षेत्रमा रही राष्ट्रको निम्ति योगदान दिने विशिष्ट व्यक्तिलाई सम्मान पनि गरिने छ । फारम र सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामूलक विज्ञापन, युट्युव भिडियो जम्मा भएपछि यसको एक कार्यक्रम आयोजना गरि मनोनयन सार्वजनिक गरिने आयोजकले बताएको छ । मनोनयनमा परेका मध्यबाट उत्कृष्ट छानेर विशेष समारोहमार्फत् ‘सोसियल मिडिया फिल्म अवार्डस्’ प्रदान गरिने संयोजक अधिकारीले बताईन् ।
सहभागिताका लागि सहभागीले कार्यलयको इमेल : [email protected] र सम्पर्क नम्बर: ९८६१४४४१९८ 8,९८०३०४९६४६,९८४१६८००५२ मा सम्पर्क गर्न सक्नु हुनेछ ।