आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेप्सेको ओरालो यात्रा

नेप्सेको ओरालो यात्रा

नागरिक पाटी

१३, मंसिर २०७८
  • 3.5K
    SHARES
  • नेप्सेको ओरालो यात्रा

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से आज केही थामिए जस्तो भए पनि कारोबार बन्द हुँदासम्म २१.४८ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१.४८ अङ्कले घटेर दुई हजार ६३०.०१ मा ओर्लेको छ ।

    images

    ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ अङ्कले घटेर ४९५.४५ मा सीमित भएको छ । नेप्से परिसूचक ओरालो लागे जस्तै कारोबार रकम पनि रु चार अर्बमा सीमित भएको छ । कूल २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता शेयर रु चार अर्ब ८९ लाख ३७ हजार १३३ मूल्यमा खरिद बिक्री भए ।

    सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ९२ अर्ब ७१ करोड ३० लाख ९० हजारको हाराहारीमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । जलविद्युत् ०।५९ र सामूहिक लगानी कोष ०.०२ अङ्कले बढेको छ । बैंकिङ १०.८९, व्यापार ५.९४, होटल तथा पर्यटन ७३.३, विकास बैंक ६७.४४, वित्त ३१.९२, निर्जीवन बीमा ६७.८३, उत्पादन ६१.९५, अन्य ४१.१३, लघुवित्त ४०.८३, जीवन बीमा ११७.०४ र लगानी ०.६४ अङ्कले ओरालो लागेको छ ।

    नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ६१ करोड चार लाख ७५ हजार ३४० बराबरको कारोबार भयो । नेशनल हाइड्रोपावर रु १५ करोड १२ लाख तीन हजार ४४६, आइसिएफसी फाइनान्स रु १२ करोड ४९ लाख ४७ हजार ४१८, नेपाल दूरसञ्चार कम्पनी रु नौ करोड ९५ लाख ४५ हजार ४४५ र नबिल बैंक रु नौ करोड १४ लाख ९९ हजार ९०६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

    कारोबारका आधारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । सामालिङ पावर ९.९८, सानिमा लार्ज क्याप ४.२८, कालिका पावर कम्पनी ३.६७ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ३.५९ प्रतिशतले कमाए । त्यस्तै, आइसिएफसी फाइनान्स १०, चन्द्रागिरी हिल्स ५.२०, महालक्ष्मी विकास बैंक ५, मानुषी लघुवित्त ४.६८ र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ३.९६ प्रतिशतले गुमाएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १३, २०७८ सोमवार - १८:४१:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology