कारोबार बन्द हुँदा सोमबार सेयर बजारको परिसूचक नेप्से ३२ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५४६ अंकमा पुगेको छ । सोमबारको बजारमा उच्च उतारचढाव देखिएको छ । कारोबार खुलेको एक घण्टामै मध्यान्ह १२ बजे ७२ अंकसम्म झरेको बजारमा त्यसपछि क्रमिक सुधार देखिएको हो ।
कारोबार रकममा पनि सुधार आएको छ । दिनभर ४ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि आइतबार ४ अर्ब ९ करोडको कारोबार भएको थियो । सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ १३, विकास बैंक १५७, फाइनान्स ५७, होटल तथा पर्यटन ४१, जलविद्युत ८२, जीवन बीमा १२३, उत्पादन ६२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा २६, अन्य ३१ ब्यापार उपसमूह ३ अंकले बढेका छन् ।
कुल १५७ कम्पनीको मूल्य बढ्यो भने २५ कम्पनीको घट्यो । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो ।