आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

घलेम्दी हाइड्रोको साधारणसभा सम्पन्न, दोहोरिए पुरानै सञ्चालक

घलेम्दी हाइड्रोको साधारणसभा सम्पन्न, दोहोरिए पुरानै सञ्चालक

नागरिक पाटी

१६, पौष २०७८
  • 3.2K
    SHARES
  • घलेम्दी हाइड्रोको साधारणसभा सम्पन्न, दोहोरिए पुरानै सञ्चालक

    घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको आठौँ वार्षिक साधारणसभा शुक्रबार राजधानीमा सम्पन्न भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारण सभामा सेयरधनीहरुलाई अनलाइन ९भर्चुअल० प्रविधिमार्फत सहभागी गराइएको थियो ।

    images

    सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष किशोर सुवेदीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ । यसका साथै, सभाले लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७-०७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८-०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिएको छ ।

    269948537_422092766368730_4924130578594551712_n (1).jpg

    सभाले कम्पनीको प्रवन्धपत्र तथा नियमावली बमोजिम संस्थापक तर्फको सञ्चालक समिति गठन गर्ने प्रस्ताव पनि पारित गर्यो । कम्पनीको सञ्चालक समितिमा पुरानै सञ्चालकहरू दोहोरिएका छन् । कम्पनीको सञ्चालकमा यसअघि सञ्चालक रहेका नारायणबाबु अधिकारी, उत्तमप्रसाद वैद्य, प्रमोद श्रेष्ठ र टंकप्रसाद बरूवाल पुनः छानिएका छन् ।

    कम्पनी सचिव अनिल पौडेलले सञ्चालन गरेका उक्त सभामा शेयरधनीका तर्फबाट डमरुबल्लभ घिमिरे, शिवप्रसाद पौडेल लगायतले आफ्ना भनाई राखेका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - १७:४३:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology