आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लगातार घट्यो शेयर बजार

लगातार घट्यो शेयर बजार

नागरिक पाटी

११, माघ २०७८
  • 3.2K
    SHARES
  • लगातार घट्यो शेयर बजार

    शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन मङ्गलवार पनि घटेको छ । आइतवार ११ र सोमवार झन्डै एक सय अङ्कले घटेको नेप्से मँगलबार पाँच दशमलव ९२ अङ्कले घटेर दुई हजार आठ सय १४ दशमलव ७४ विन्दुमा झरेको छ ।

    images

    मँगलबार जीवन बीमा समूहबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । ९७ लाख ८४ हजार कित्ता शेयर पाँच अर्ब ३९ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एसियन लाइफ इन्सोरेन्सको २६ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज सबैभन्दा धेरै गुर्खाज फाइनान्स कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - १६:१९:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology