आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इमर्जिङ नेपालको आईपीओ बाँडफाँड

इमर्जिङ नेपालको आईपीओ बाँडफाँड

नागरिक पाटी

४, फाल्गुण २०७८
  • 5.2K
    SHARES
  • इमर्जिङ नेपालको आईपीओ बाँडफाँड

    इमर्जिङ नेपालको आईपीओ बाँडफाँडइमर्जिङ नेपाल लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँड भएको छ । कम्पनीले गत माघ २६ गते बुधबारदेखि फागुन १ गते, आइतबारसम्म जारी गरेको एक सय रुपैयाँ अंकित ५ लाख ५५ हजार ६ सय कित्ता सेयर आज बाँडफाँड भएको हो ।

    images

    जसमध्ये ५१ हजार ६३८ जनाले कम्पनीको सेयर हात पारेका छन् । गोलाप्रथाबाट भएको बाँडफाँडमा ५ हजार ६७० जनाले प्रतिव्यक्ति १० कित्ताका दरले र ८ जना भाग्यशाली आवेदकहरुले ११-११ कित्ता हात पारेको कम्पनीले जनाएको छ ।

    सेयर खरिदका लागि कुल २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको थियो भने, बाँकी योग्य लगानीकर्ताहरुलाई गोलाप्रथामा सामेल गराइएको थियो । जस मध्येबाट ५ हजार ६७८ जनाले कम्पनीको सेयर हात पार्न सफल भएका हुन् । बाँकी २२ लाख ७७ हजार २८ जनाको हात खालि भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - १७:५५:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology