सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १५ दशमलव ५ अंकले घटेर २ हजार ७ सय २० दशमलव ४३ अंकमा झरेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले घटेको छ ।
कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ । दिनभर भएका ४८ हजार ९११ कारोबारबाट २२८ कम्पनीका ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँमा रोकिएको छ । बजार समग्रमा घट्दा हाइड्रोपावर समूह भने बढेको छ ।